Section 19
विवरण माग गर्न सक्ने
बोर्डले सडक सम्बन्धी निकायसँग सडकको मर्मत सम्भार सम्बन्धमा भए गरेको काम कारबाही र मर्मत सम्भारमा भएको खर्चको विवरण जुनसुकै बखत माग गर्न सक्नेछ र त्यस्तो विवरण उपलब्ध गराउनु सम्बन्धित सडक सम्बन्धी निकायको कर्तव्य हुनेछ ।